(Japan) 2 nd November | 2025 | Sunday | 6:15:09 AM || (Nepal) 3:00:09 AM
 
 

जापानमा हत्या गरिएका बादलको परिवारलाई मोनाको ६ लाख आर्थिक सहयोग

  POSTED ON : Wednesday, 29 October, 2025 | Views : 364

जापानमा हत्या गरिएका बादलको परिवारलाई मोनाको ६ लाख आर्थिक सहयोग


टोकियो, जापान ।

जापानको चिवा प्रान्त फुनाबासी शहरको एक होटलमा तीन साता अघि हत्या गरिएका नेपाल म्याग्दि घर भएका बादल छन्त्यालको परिवारलाई मोना जापानको पहलमा करिब ६ लाख आर्थिक सहयोग गरेको छ ।

जापानको चिवा प्रान्त फुनाबासी शहरमा बस्ने म्याग्दी जिल्ला धवलागिरी गाउपालिका-५,स्थायी घर भई पोखराको हेम्जामा बस्ने छन्त्यालको गएको अक्टोबर ५ तारिकमा भएको घटना लगत्तै मोना जापानको पहलमा सञ्चालिन आर्थिक संकलन अभियानबाट ५ लाख ९८ हजार २२२ रुपैयाँ मृतकका दाजु तेजिन छन्त्याललाई हस्तान्तरण गरिएको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।

‘म्याग्देलीले एक सक्रिय यूवालाई गुमाएका छौ, घटनापछिको अवस्थामा सहयोग गर्ने सबैलाई धन्यवाद, अब यस्ता घटना हुन नदिन सबै सचेत हुनुपर्छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । घटनापछि जापान प्रहरीले अनुसन्धान गरिरहेको र न्याय पाउने मृतकका दाजु तेजिनले आशा ब्यक्त गदैं दुखको समयमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए ।

मोना जापानले त्यहाँ कार्यरत म्याग्देली सहित जन्मभुमीमा समेत विभिन्न रचनात्मक कार्यमा सहयोग गर्ने गरेको छ । मोना जापानका महासचिव सुरेश पुनले जापानमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध तथा कुनै समस्यामा परेमा मोनालाई सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।