(Japan) 2 nd November | 2025 | Sunday | 10:39:10 AM || (Nepal) 7:24:10 AM
 
 

जापानमा विदेशी कामदारको आकर्षण घट्दो, नेपालीको संख्या बढ्दो

  POSTED ON : Saturday, 01 November, 2025 | Views : 94

जापानमा विदेशी कामदारको आकर्षण घट्दो, नेपालीको संख्या बढ्दो


टोकियो, जापान ।

पछिल्लो समय जापानप्रति औषतमा बिदेशीहरुको आकर्षण घट्दो रुपमा पाइएको छ । तर नेपाल सहित एशियन तथा मध्य आर्थिक अवस्था रहेका देशहरुको लागि भने जापान अझै आकर्षण यथावत वा बढ्दो पाइएको छ ।

लामो समयदेखिको आर्थिक मन्दी र कमजोर येन (Yen) का कारण विदेशी कामदारहरूका लागि जापान पछिल्लो बर्षहरुमा कम आकर्षक गन्तव्य बन्दै गएको पाइएको हो ।

प्राविधिक इन्टर्न कार्यक्रममा सन् २०१५ मा ३८ हजारभन्दा बढी रहेका चिनियाँ कामदारको संख्या २०२३ सम्ममा एक तिहाइभन्दा कममा झरेको छ । यसको मुख्य कारण जापानको तलब (wage) सिंगापुर, ताइवान र दक्षिण कोरियाको तुलनामा कम रहनु पाइएको छ । जसले गर्दा प्रतिभाशाली कामदारहरूले जापानलाई प्राथमिकता दिन छाडेका छन् ।

तरपनि जापानमा युवा कामदारको तीव्र अभाव भएकाले जापानका कम्पनीहरूले विदेशी कामदारको माग भने नघटाएको पाईन्छ । हाल, फिलिपिन्सका कामदारहरूले जापानलाई पश्चिमा देशहरूमा जानका लागि एउटा सिँढी (stepping stone) को रूपमा मात्र लिने गरेको पाइएको छ ।

विज्ञहरूका अनुसार, आगामी दिनहरूमा चीन र राजधानी क्षेत्रका कामदारको संख्या घट्दै जाँदा नेपाल, भारत र श्रीलंका लगायतका देशहरूबाट जापान आउने कामदारको संख्या बढ्न सक्ने पाइएको माईनीची सिम्बुनमा खवर प्रकाशित छ ।