(Japan) 12 th October | 2025 | Sunday | 8:28:13 AM || (Nepal) 5:13:13 AM
 
 

ब्रेकिङ : जापानको 'बिजनेस भिसा' मा कडा नियम लागू !५० लाख येनबाट बढाएर ३ करोड पुग्यो

  POSTED ON : Friday, 10 October, 2025 | Views : 296

ब्रेकिङ : जापानको 'बिजनेस भिसा' मा कडा नियम लागू !५० लाख येनबाट बढाएर ३ करोड पुग्यो


टोकियो, जापान ।

जापान सरकारले विदेशीहरूलाई दिइने बिजनेस म्यानेजर भिसा (Business Manager Visa) को नियमहरूलाई अझ कडा बनाउने घोषणा गरेको छ। शुक्रबार बिजनेस म्यानेजर भिसा बारेको नयाँ नियम घोषणा भएको हो । 


नयाँ नियम यही अक्टोबर १६ तारिकदेखि लागू हुनेछ । यसको मुख्य उद्देश्य वास्तविक व्यापार गर्ने उद्यमीलाई मात्र जापानमा अवसर दिनु भएको जापानी अधिकारिहरुले बताएका छन । 


अब भिसा पाउनको लागि आवश्यक न्यूनतम पूँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुयाईएको छ । यसका साथै भिसा आवेदकले कम्तीमा एक जना पूर्णकालीन कर्मचारी राख्नुपर्ने, व्यवस्थापनमा तीन वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर (मास्टर्स डिग्री) सम्मको पढाई हुनुपर्ने जस्ता कडा प्रावधानहरु पनि अनिवार्य गरिएका छन् ।


व्यापार योजनाहरू प्रमाणित लेखापालहरू (certified accountants) बाट स्वीकृत गराएको हुनुपर्नेछ । आवेदक वा उनीहरूका कर्मचारीहरूसँग जापानी भाषाको निश्चित स्तरको ज्ञानपनि आवश्यक हुने बताइएको छ ।


सरकारले भिसा नवीकरणको समयमा समेत कर र सामाजिक सुरक्षा प्रिमियमको भुक्तानी गरे नगरेको जाँच गर्ने बताएको छ । 


यस परिवर्तनले जापानमा व्यवसाय गर्न चाहने नेपाली तथा अन्य विदेशी उद्यमीहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । यसअघि कम पूँजी (मात्र ५० लाख) मा पनि भिसा पाउने सम्भावना थियो तर अब भने कम्तिमा ३ करोड ठूलो लगानी र स्पस्ट व्यापार योजना र ब्यवस्थापन आवश्यक पर्नेछ ।


नयाँ नियम घोषणासंगै जापानमा नयाँ बिजनेस म्यानेजर भिसा (Business Manager Visa) बनाउनेहरुको संख्यामा भारी गिरावट आउने ठानिएको छ ।