(Japan) 12 th October | 2025 | Sunday | 10:26:04 AM || (Nepal) 7:11:04 AM
 
 

जापानमा मापसे गरेर साइकल चलाउने नेपाली विद्यार्थी पक्राउ

  POSTED ON : Tuesday, 16 September, 2025 | Views : 390

जापानमा मापसे गरेर साइकल चलाउने नेपाली विद्यार्थी पक्राउ


फुकुओका, जापान ।

जापानको फुकुओका शहरमा रक्सी पिएर साइकल चलाएको अभियोगमा एक नेपाली विद्यार्थी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार २३ बर्षिय भण्डारी थरका एक नेपाली विद्यार्थीलाई हिगाशी वार्डबाट मापसे गरेर साइकल चलाएको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा मापदण्डभन्दा करिब ८ गुणा बढी अल्कोहल पिइएको पाइएको थियो । उनले साथीसँग दुईजना भएर साइकल चलाउँदै गर्दा प्रहरीले रोकेको थियो ।

भण्डारीले आफूले रक्सी पिएको स्वीकार गरेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

जापानमा हालै लागू भएको साईकल चलाउने सम्वन्धि नियममा साइकल चलाउँदा मापसे गर्न नपाउने मात्र नभई फोनमा कुरा गर्न नपाउने लगायत नियममा कडाई गर्न थालिएको छ ।