(Japan) 12 th October | 2025 | Sunday | 10:26:04 AM || (Nepal) 7:11:04 AM
 
 

जापानको नयाँ प्रधानमन्त्रीमा सानाए वा कोइजुमी मध्ये एक : जनमत

  POSTED ON : Monday, 15 September, 2025 | Views : 488

जापानको नयाँ प्रधानमन्त्रीमा सानाए वा कोइजुमी मध्ये एक : जनमत


टोकियो, जापान ।

जापानको सत्तारुढ दलभित्र नेतृत्व चयन प्रक्रिया जारी रहँदा गरिएको जनमत सर्वेक्षणले अबको प्रधानमन्त्रीमा सानाए ताकाइची वा शिन्जिरो कोइजुमी मध्ये एक हुनुपर्ने देखाएको छ ।

जापानमा आगामी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा गरिएको एक जनमत सर्वेक्षणको नतिजा यस्तो आएको हो । यहाँको चर्चित योमिउरी शिम्बुनले गरेको सर्वेक्षण अनुसार, आगामी लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षको रूपमा सानाए ताकाइची २९ प्रतिशत मतका साथ सबैभन्दा उपयुक्त उम्मेदवार देखिएकी छिन्। उनी पछि शिन्जिरो कोइजुमी २५ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।

यो सर्वेक्षणमा अघिल्लो वर्षका आठ उम्मेदवारलाई समावेश गरिएको थियो । त्यसैगरी एलडीपीका समर्थकहरूमा भने कोइजुमी शिन्जिरो ३३ प्रतिशत मतका साथ पहिलो स्थानमा छन्, भने ताकाइची सानाए २८ प्रतिशत का साथ दोस्रो स्थानमा छिन् ।

आम नागरिकले आगामी प्रधानमन्त्रीले मुख्य रूपमा मूल्यवृद्धि नियन्त्रण, रोजगारी, अर्थतन्त्र र परराष्ट्र नीतिमा ध्यान दिनुपर्ने बताएका छन् ।

बर्तमान प्रधानमन्त्री किशिबा शिगेरुले पदबाट राजिनामाको घोषणा गरेपछि संसदमा बहुमत गुमाएपनि ठूलो दलको रुपमा रहेको एलडिपीले आफ्नो नयाँ नेतृत्व चयन गर्दैछ । पार्टिको मुख्य नेता नै प्रधानमन्त्री हुने नियमानुसार अबको एलडिपीको प्रमुख जापानको नयाँ प्रधानमन्त्री हुनेछ ।