(Japan) 12 th October | 2025 | Sunday | 10:23:54 AM || (Nepal) 7:08:54 AM
 
 

नेपाली सहित १२० जनालाई अवैध काम लगाइदिएका आरोपमा चार जना पक्राउ

  POSTED ON : Friday, 12 September, 2025 | Views : 512

नेपाली सहित १२० जनालाई अवैध काम लगाइदिएका आरोपमा चार जना पक्राउ


टोकियो, जापान ।

जापानको टोकियो प्रहरीले विदेशी कामदारलाई गैरकानुनी रूपमा काम लगाइदिएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले नेपाली सहित करिव १२० जना बिदेशीलाई तोकिएको भिषा अवस्था भन्दा बाहिर काम लगाएको ठानिएको छ ।

पक्राउ पर्नेमा यामानाशी प्रिफेक्चरको एक हाकेन कम्पनीका अध्यक्ष हिहारा ताचुहितो र एक कपडा धुलाई उद्योगका कार्यकारी कोबायाशी कान्सेई पनि छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले कृषि कामदारको रूपमा जापान आएका इन्डोनेसियाका तीन जनालाई कपडा धुने उद्योगमा काम लगाए आरोपमा अध्यागमन कानुन उल्लङ्घन गरेको शंका गरिएको छ ।

हिहाराले कृषि काम नभएको बेला औद्योगिक काममा लगाउनु कानुनी भएको तर्क गर्दै आरोप आंशिक रूपमा अस्वीकार गरेको बताएका छन् । कोबायाशीले भने कर्मचारी अभावका कारण यसो गर्नुपरेको तर्क गरेका छन् ।

प्रहरीले हिहाराको कम्पनीले नेपालीहरु सहित करिब १२० विदेशीलाई सोही उद्योगमा अवैध रूपमा काममा खटाएको हुन सक्ने अनुमान गरेको छ ।