(Japan) 27 th June | 2026 | Saturday | 9:37:47 PM || (Nepal) 6:22:47 PM
 
 

अनुहारमा पिरो धुलो दलेर ७८ लाख येन लुट्पाट् गर्न खोजेको चार भारतीय र नेपाली पक्राउ

  POSTED ON : Tuesday, 10 June, 2025 | Views : 2610

अनुहारमा पिरो धुलो दलेर ७८ लाख येन लुट्पाट् गर्न खोजेको चार भारतीय र नेपाली पक्राउ


टोकियो, जापान ।

जापानमा अनुहारमा पिरो धुलो पदार्थ हालिदिएर दशौं लाखौं येन लुट्पाट् गर्न खोजेको आरोपमा नेपाली युवा पक्राउ परेका छन । 


जापानको इबाराकी प्रिफेक्चरको युकी शहरका बेरोजगार भारतीय ३१ बर्षिय अमन शर्मा सहित चार भारतीय र नेपालीलाई डकैती र आक्रमणको आरोपमा पक्राउ गरेको साइतामा प्रिफेक्चरल प्रहरी अनुसन्धान डिभिजन १ ले जनाएको छ । 


प्रिफेक्चरल प्रहरीले उनीहरूले आरोप स्वीकार गरे नगरेको खुलाएको छैन।


चार जना पुरुषहरूले मार्च १४ मा दिउँसो ३:२० बजे साइतामा प्रिफेक्चरको योशिकावा शहरको सडकमा हिंडिरहेका एक कम्पनिका अध्यक्षको अनुहारमा मसला जस्तो केही दल्न खोजेका थिए । ति कम्पनिका अध्यक्षको आँखामा चोट लागेको र त्यसपछि लगभग ७८ लाख येन नगद भएको झोला चोर्ने प्रयास गरेका थिए । 


संदिग्ध अमन नाम गरेका भारतीय अक्टोबर २०२४ देखि ती व्यक्तिले सञ्चालित कर्मचारी कम्पनीमा काम गर्दै आएका थिए ।  घटनाको दिन, ती व्यक्ति योशिकावा शहरको एक अस्थायी रोजगार एजेन्सीमा काम गर्ने कर्मचारीलाई आफ्नो तलब पुर्‍याउन जाँदै थिए । 


प्रिफेक्चरल प्रहरीले घटनालाई योजनाबद्ध अपराधको रूपमा अनुसन्धान गरिरहेको बताएको छ । 

पक्राउ परेका नेपाली सहित अन्य तीनजनाको परिचय भने खुलाइएको छैन ।