(Japan) 21 st September | 2026 | Monday | 2:44:13 PM || (Nepal) 11:29:13 AM
 
 


जापानबाट हङकङको उडानमा २ यात्रुबिच झडप

  POSTED ON : Wednesday, 08 January, 2025 | Views : 902

जापानबाट हङकङको उडानमा २ यात्रुबिच झडप


टोकियो, जाान ।

जापानको साप्पोरोबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा सवार दुई यात्रु एक आपसमा झगडा गर्दै सामानले हानाहान गरेको आरोपमा बिमान कम्पनीले मुद्दा दायर गरेको छ ।

बिमान उडानमा अवरोध र अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हङकङ र चीन मुख्य भुमि भएका दुई महिला छन् । 

सोमबार राति करिब ९ः४५ बजे उडेको बिमानमा सानातिना कुरालाई लिएर दुईजनाबीच झगडा भएको र उडिरहेको सामानले हानाहान गरेको साउथ चाइन मर्निगं पोष्टले समाचार प्रकाशित गरेको छ ।