(Japan) 18 th April | 2026 | Saturday | 12:58:34 PM || (Nepal) 9:43:34 AM
 
 


फोहोरको डंगुरमा फेला परेको १ करोड येनको मालिक फेला परेनन्

  POSTED ON : Tuesday, 02 May, 2023 | Views : 2714

फोहोरको डंगुरमा फेला परेको १ करोड येनको मालिक फेला परेनन्


होक्काइदो, जापान ।

जापानमा हराएको सम्पत्ति ऐन अनुसार, हराएको वस्तुका मालिकहरूले खोजकर्ताहरूले अधिकारीहरूलाई हस्तान्तरण गरेपछि दाबी गर्न तीन महिनाको समय रहन्छ ।

जापानको होक्काइदो प्रान्तको साप्पोरो शहरको फोहोरको डंगुरमा फेला परेको १ करोड येन जनवरी ३० तारिखसम्म दाबी गर्ने समय थियो ।

यद्यपि, यस बिचमा दर्जनौं दावीकर्ताहरूले आइतवारसम्ममा दाबि गरेका थिए । तर तिनीहरूमध्ये कसैले पनि उनीहरू सही मालिक हुन् भन्ने ठोस आधार पेश गर्न सकेनन् ।

प्रहरीले सोमबार घोषणा गर्यो कि भेटिएको १ करोड येनको असली मालिक फेला परेनन्, अब साप्पोरो शहर सरकार उक्त कोषको सही मालिक हो ।

जनवरीमा साप्पोरोको निशी वार्डमा रहेको रिसाइक्लिंग सेन्टरका एक कर्मचारीले फोहोर छुट्याउने क्रममा नगद फेला पारेका थिए । बिलहरूको प्याडमा वित्तीय संस्थाको टिकट सहितको कागजमा उक्त रकम फेला परेको थियो ।

एक पटक उक्त रकम भेटिएको घोषणापछि कुल १६ जनाले दाबी देखाएका थिए । प्रहरीले ती मध्ये १२ वटालाई वैधानिक दाबी मानेर छानविन गरेको थियो ।

अन्तमा, कसैले पनि आधिकारिक रुपमा प्रमाणित गर्न सकेनन र उक्त पैसाको वास्तविक धनि पत्ता लागेन ।

अब कोष औपचारिक रूपमा प्राप्त भएपछि साप्पोरो शहरले एक करोड रकम कसरी प्रयोगग र्ने भन्ने निर्णय गर्नेछ ।