(Japan) 8 th November | 2025 | Saturday | 6:09:29 PM || (Nepal) 2:54:29 PM
 
 


जापानमा कोरोना भाइरस महामारी चरामोत्कर्षमा : शनिबार २ लाख भन्दा धेरै ब्यक्तिमा संक्रमण पुष्टि

  POSTED ON : Sunday, 24 July, 2022 | Views : 2618

जापानमा कोरोना भाइरस महामारी चरामोत्कर्षमा : शनिबार २ लाख भन्दा धेरै ब्यक्तिमा संक्रमण पुष्टि


टोकियो, जापान ।

जापानभरका स्वास्थ्य अधिकारीहरूले शनिबार कोरोना भाइरसका बिरामीको नयाँ रेकर्ड बनेको बताएका छन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जुलाई २३ तारिख २००,९७५ नयाँ कोरोना संक्रमितहरु रिपोर्ट गरिएको छ ।

यो संख्याले शुक्रबारको १९,५००० भन्दा बढीको अघिल्लो रेकर्डलाई नाघ्दै लगातार चौथो दिन नयाँ रेकर्ड बनाएको छ ।

शनिबार जापानका ४७ प्रिफेक्चरमध्ये १७ मा दैनिक गणनाले नयाँ उचाइ छोएको विवरणमा उल्लेख छ।