टोकियो, जापान ।
जापान सरकारले बिदेशी नागरिकहरुलाई कडा नियममा बाँध्ने गरि ल्याउन लागेको भनिएको नयाँ नीयमलाई आगामी तीन महिना भित्रमा टुंग्याउने भएको छ ।
जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूसँग सम्बन्धित नीतिहरूलाई कडा र थप व्यवस्थित गर्न एउटा महत्त्वपूर्ण कदमको रुपमा जनवरी महिना भित्रमा नयाँ नीतिको खाका बनाउने भएको हो ।
मंगलबार बसेको बैठकले प्रधानमन्त्री सानाए ताकाइचीको निर्देशनमा मन्त्रीस्तरीय समिति बनाएको छ, जसले अर्को वर्ष जनवरी महिनाभित्र यो नयाँ नीतिको अन्तिम खाका तयार गर्नेछ ।
यो नयाँ व्यवस्थाको मुख्य उद्देश्य 'केही विदेशीहरू'ले गरेका नियमहरूको उल्लङ्घन र अवैध गतिविधिहरूलाई रोक्नु भएको बताएको छ । जापानी नागरिकहरूमा असुरक्षा र गुनासो बढेको भन्दै प्रधानमन्त्री ताकाईचीले नयाँ नीतिले त्यस्ता गुनासाहरु आउने कारणहरु समाधान गर्ने बताएकी छिन् ।
छलफलमा विदेशीहरूले जग्गा वा सम्पत्ति किन्ने नियमलाई कडा बनाउने र अवैध रूपमा बस्ने विदेशीहरूलाई नियन्त्रण गर्न अध्यागमनकानुनलाई बलियो बनाउने विषयहरू समावेश गरिएका छन् ।