(Japan) 24 th June | 2026 | Wednesday | 7:00:57 PM || (Nepal) 3:45:57 PM
 
 

अनेसास जापानद्धारा एकान्तवासबाट रचना श्रृंखला सुरुवात

Sajina Moktan   POSTED ON : Monday, 11 May, 2020 | Views : 10862

अनेसास जापानद्धारा एकान्तवासबाट रचना श्रृंखला सुरुवात


टोकियो, जापान ।

जापानमा रहेका नेपाली साहित्यप्रेमीहरुको छाता संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले एकान्तबासबाट रचना श्रृंखलाको सुरुवात गरेको छ ।

रचनात्मक तरिकाले रचना वाचनको निरन्तरता दिने उदेश्य सहित एकान्तबास रचना श्रृंखला सुरुवात गरिएको अनेसास जापानका अध्यक्ष गिरिजा गैरेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको असरका कारण भौतिक रुपमा कुनै सभा समारोहमा उपस्थित हुने अवस्था नरहेका कारण घरमै बसेर रचनात्मक तरीकाले रचना बाचनलाई निरन्तरता दिने योजना अनुरुप एकान्तबासबाट रचना श्रृंखलाको सुरुवात गरिएको अध्यक्ष गैरेको भनाई छ ।

एकान्तवासमा रहँदा सृजना गरेका रचना र रचनात्मक तरिकाले बाचन गरेका भिडियोलाई अनेसास जापानले आफ्नो फेसबुक तथा जापानसमाचारडटकमले युट्युवमा राख्ने छ ।

एकान्तबास समयको सदुपयोग गराउने उदेश्य सहित सृजनात्मक अभियानको थालनी गरिएको अनेसास जापानका महासचिव रविन शर्माले बताउनुभयो । एकान्तवासबाट रचना अभियानको संयोजन समेत महासचिव शर्माले गर्नुहुनेछ ।

आफ्ना रचनालाई तल उल्लेखित ईमेल ठेगानामा पठाएर सहभागीता जनाउन अनेसास जापानले सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

'एकान्तबासबाट रचना पठाउनुहोस्, आफ्नालाई पनि एकान्तवासमा रहने सन्देश दिनुहोस्' भन्ने यो अभियानमा तपाईपनि आफ्ना रचना पठाएर हातेमालो गर्न सक्नुहुन्छ ।


अनेसास जापान

फेसबुक : https://www.facebook.com/inlsjapan

ईमेल : inlsjapan@yahoo.com

जापानसमाचारडटम  युट्युव च्यानल : https://www.youtube.com/japansamachar