(Japan) 23 rd June | 2026 | Tuesday | 5:05:58 PM || (Nepal) 1:50:58 PM
 
 

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरद्धारा पदबाट राजीनामा घोषणा

  POSTED ON : Tuesday, 23 June, 2026 | Views : 38

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरद्धारा पदबाट राजीनामा घोषणा


लन्डन ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन्। सन् २०२४ को आमनिर्वाचनमा भारी बहुमतसहित सत्तामा पुगेको करिब दुई वर्षमै उनले पद छाड्ने निर्णय गरेका हुन्।


स्टार्मरले नयाँ लेबर नेता चयन नभएसम्म कार्यवाहक प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने बताएका छन्। नयाँ नेताको प्रमुख दाबेदार पूर्व ग्रेटर म्यानचेस्टर मेयर एन्डी बर्नह्यामलाई मानिएको छ।


आर्थिक वृद्धि, महँगी नियन्त्रण र सार्वजनिक सेवा सुधारमा अपेक्षित सफलता हासिल गर्न नसकेको भन्दै स्टार्मरमाथि पार्टीभित्रै दबाब बढ्दै गएको थियो। पछिल्लो समय लेबर पार्टीको लोकप्रियता पनि उल्लेखनीय रूपमा घटेको छ।


१० डाउनिङ स्ट्रिट बाहिर सम्बोधन गर्दै स्टार्मरले पार्टीले आगामी निर्वाचनमा आफूभन्दा नयाँ नेतृत्व चाहेको सन्देश दिएको र त्यसलाई सम्मानपूर्वक स्वीकार गरेको बताए ।


लेबर पार्टीले जुलाई ९ देखि नेतृत्व चयन प्रक्रिया सुरु गर्नेछ भने नयाँ नेता सेप्टेम्बर १ सम्ममा चयन हुने अपेक्षा गरिएको छ।