(Japan) 18 th April | 2026 | Saturday | 8:57:51 PM || (Nepal) 5:42:51 PM
 
 


भावपूर्ण श्रद्धाञ्जली-सुत्केरी भएको महिना दिनमा नेपाली महिलाको जापानमा निधन

  POSTED ON : Friday, 08 February, 2019 | Views : 6358

भावपूर्ण श्रद्धाञ्जली-सुत्केरी भएको महिना दिनमा नेपाली महिलाको जापानमा निधन


टोकियो ।

एक महिना अघि मात्र छोरीलाई जन्म दिएकी सुत्केरी अवस्थामै अस्पतालमा उपचाररत नेपाली महिलाको जापानमा निधन भएको छ ।

जापानको नागोयामा उपचाररत म्याग्दी राखु घर हुनुभएकी प्रमिला दर्जीको उपचारको क्रममा बिहिबार साँझ अल्पायुमै निधन भएको हो ।

ब्रेन ट्युमरबाट पीडित प्रमिलाको उपचारकै क्रममा बिहिबार राती निधन भएको हो ।

निधन हुनुभएकी प्रमिला पती दिनेश दर्जीका साथमा बस्दै आउनुभएको थियो ।

दर्जी विद्यार्थीका रुपमा ४ बर्षअघि जापान आएर हाल रोजगार गर्दै आउनुभएको छ ।

विद्यार्थीको रुपमा आएर संघर्ष पश्चात केही समयअघि मात्र रोजगारी थालेका दर्जीलाई पत्नी बियोगसँगै शिशु छोरी पालनपोषणको ठूलो जिम्मेवारी पर्न गएको छ ।

प्रमिलाको उपचारका लागि मोना जापानको पहलमा आर्थिक संकलन समेत भईरहेको थियो ।

निधन हुनुभएकी प्रमिलाको भोली जापानमै दाहसंस्कार गरिने भएको छ । उनको भोली शनिवार बिहान ९:२० बजे  मियकेनको निशिबेस्शो, कुवानामा अन्त्येष्टि गरिने भएको छ ।

दुखद समाचार-जापानमा २० बर्षिय सबिनको उपचारको क्रममा निधन 

सडक दुर्घटनामा परि जापानमा नेपाली युवाको निधन