(Japan) 18 th April | 2026 | Saturday | 8:57:20 PM || (Nepal) 5:42:20 PM
 
 


दुखद समाचार-जापानमा २० बर्षिय सबिनको उपचारको क्रममा निधन

  POSTED ON : Friday, 08 February, 2019 | Views : 28754

दुखद समाचार-जापानमा २० बर्षिय सबिनको उपचारको क्रममा निधन


ज्याक खड्का-टोकियो ।

जापानको साईतामा केनमा बस्दै आएका २० बर्षिय नेपाली युवाको उपचारको क्रममा निधन भएको छ ।

साईकलमा सवार नेपाली युवाको गाडीको ठक्करले निधन भएको खवर आएको खवर सेलाउन नपाउँदै बाग्लुगं जिल्ला घर भएका २० बर्षका सबिन (अर्बिन) क्षेत्रीको उपचारको क्रममा निधन भएको हो ।

सडक दुर्घटनामा परि जापानमा नेपाली युवाको निधन 

गल्कोट नगरपालिका ३ बोहोराफाँट स्थाई घर भएका सविन हाल जापानको साईतामा केनमा बस्दै थिए । उनको साईतामा स्थित साईतामा रेड क्रस अस्पतालमा उपचार भईरहेको थियो ।

सविनलाई उपचारको क्रममा बुधवार राती ११ बजेर १५ मिनेटमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्राप्त जानकारी अनुसार सबिनको तीनदिन देखी अस्पतालको सघन कक्षमा उपचार भईरहेको थियो ।

निधन भएका सविन बुवा आमा सहित परिवारको साथमा बस्दै आएका थिए । 

ईन्फ्लुएन्जाबाट ग्रस्त उनको उपचारकै क्रममा निधन भएको उपचारमा सघाउँदै आउनुभएका गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जानकारी दिनुभयो ।

गल्कोट समाजका अध्यक्ष दिलु खत्री सहित उपाध्यक्ष भिम क्षेत्री र सल्लाहकार सन्त खत्रीले कलिलै उमेरमा निधन भएका सबिनको उपचारमा सहयोग तथा हेरचाह गर्दै आउनुभएको थियो ।

अध्यक्ष दिलु खत्रीका अनुसार निधन भएका सविनको अन्तिम दाह संस्कार आगामी आईतबार जापानमै गरिने भएको छ ।

सबिनको यही फेब्रुवरी १० तारिख आईतबारको दिन बिहान ८:३० बजे साईतामा सिमा दाहसंस्कार गरिने भएको छ ।

गल्कोट समाज जापानले दुखद घडीमा सबै गल्कोटवासी सहित सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ दिएर दाहसंस्कारमा उपस्थित भईदिन अनुरोध समेत गरेको छ ।


さいたま市浦和斎場 (Saitama Shi urawa Saijyo)

日本語:〒338-0825 さいたま市桜区大字下大久保1523番地1

English: 1523-1, Shimookubo, Sakura-ku Saitama-shi, Saitama, 338-0825, Japan

Near station:  Urawa Station

☎048-855-6246