(Japan) 20 th May | 2022 | Friday | 3:36:08 AM || (Nepal) 12:21:08 AM
 
 

जापानमा ३ बालबालिकामा गम्भिर हेपाटाइटिस भेटियो

  POSTED ON : Sunday, 01 May, 2022 | Views : 1240

जापानमा ३ बालबालिकामा गम्भिर हेपाटाइटिस भेटियो


टोकियो, जापान ।

जापानमा थप दुई बालबालिका रहस्यमयी हेपाटाइटिसका कारण अस्पतालमा भर्ना भएका छन् । मन्त्रालयका अनुसार ती दुई बालकमा पछिल्लो समय विश्वका अन्य देशका बालबालिकामा देखिएको जस्तै गम्भीर खालको हेपाटाइटिसको लक्षण देखिएको छ ।

भर्ना भएका बिरामीको उमेर १६ वर्ष वा सो भन्दा कम रहेको छ । उनीहरुको अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा उपचार भइरहेको छ । योसँगै जापानमा यो सरुवा रोगका बिरामीको कूल संख्या ३ पुगेको छ ।

जापानमा पहिलो पटक सोमबार यो रोगका बिरामी फेला परेका थिए । यी तीन बिरामीबीचको सम्बन्धबारे भनेर मन्त्रालयले स्पष्ट पारिसकेको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिका र बेलायत समेत १२ देशमा यो रोगका बिरामी फेला परेका छन् । यो रोग मुख्यतः १० वर्ष वा सो भन्दा कम उमेरका बालबालिकामा पाइएको छ ।

अप्रिल २१ सम्ममा कम्तिमा पनि १६९ जनामा यो रोग फेला परेको छ । यसका कारण एक जनाको मृत्यु भएको छ । ४० प्रतिशतमा अदेनोभाइरसको संक्रमण भेटिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले देशभरका स्थानीय सरकारहरुलाई आफ्नो समुदायमा यस्ता खालका बिरामी फेला परे रिपोर्ट गर्न भनेको छ । मन्त्रालयले सीमापारका बिरामीहरुको पनि तथ्यांक संकलन गरिरहेको छ ।