टोकियो, जापान ।
कोरोना भाइरस संक्रमणको विश्वव्यापी असर अझै जोखिमपूर्ण छ । संक्रमितको संख्यामा कमि आएपनि कुनैपनि देश संक्रमण शून्य हुन सकिराखेका छैनन ।
कोभिड संक्रमण भएर बिरामी परेका, निधन तथा निको भएकाहरुको संख्या देश तथा जनसंख्या अनुसार फरक छ । यसमा धेरै जनसंख्या भएका देशहरुनै बढि चपेटामा परेका छन् । तर चीन, जापान जस्ता कयौं देशमा संक्रमितको संख्या अनुसार मृतक संख्या कम छ भने ईण्डिया, पाकिस्तान लगायत देशमा गम्भिर बिरामी हुने र मृतक संख्या उच्च छ ।
तर पछिल्लो एक तथ्यांकले कोभिड संक्रमण भएरपनि छिटो रिकभरी भएका देशमा नेपाललाई उच्च स्थानमा राखेको पाईएको छ ।
निक्केई समाचार संस्थाले विभिन्न अन्तर्राष्ट्रि स्वास्थ्य संस्थाहरु र आफ्नै तथ्यांक अनुसार नेपाल विश्वमै छिटो कोभिड संक्रमण रिकभरी हुनेमा छैटौं नम्वरमा रहेको छ ।
सूचिमा यसअघि शिर्ष स्थानमा रहेको चीन तल झर्दा चीन स्वसासित हङकङ पनि ओरालो लागेको छ ।
तथ्यांक अनुसार युएई ८५.५ अंक सहित रिकभरी इन्डेक्सको पहिलो नम्वरमा छन् । यसैगरि कम्बोडिया ८०.५, रुवाण्डा ८०.० तथा डोमिनिक रिपब्लिक र ताईवान समान ७८.० प्रतिशत अंक सहित उहि रिकभरी अवस्थामा रहेको छ ।
नेपाल भने ७६.५ प्रतिशत रिकभरी अंक सहित छैटौं नम्वरमा रहेको छ । नेपाल भन्दा पछि मंगोलिया र कतार ७६.०, एल साल्भाडोर र उरुग्वे ७५.० प्रतिशत रिकभरीमा रहेका छन् ।