टोकियो ।
जापानको स्वास्थ्य मन्त्रालयले दाँतको उपचार शुल्क बढाउने भएको छ । मेमा दाँतमा पालाडियमयुक्त ‘सिल्भर फिलिङ’ उपचारको शुल्क महँगिनेछ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा पालाडियमको भाउ बढेकोले यस्तो गर्न लागिएको यस मामिलाबारे जानकार स्रोतले सोमबार बताएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ ।
पालाडियम वा अन्य धातु प्रयोग गरी गरिने सिल्भर फिलिङको शुल्क राष्ट्रिय स्वास्थ्य बीमाले बोहोर्नेछ । त्यस्ता उपचार सेवा दिने दन्त चिकित्सकहरुके शुल्क जनवरी, अप्रिल, जुलाई र अक्टोबर गरी एक वर्षमा चार पटक समीक्षा गरिन्छ । यो सेवामा प्रयोग हुने सामाग्रीको बजारमा मूल्यमा हुने उतारचढावका कारण यस्तो गरिएको हो ।
आकस्मिक प्रयोगका लागि स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आपूर्ति चिन्ताका कारण पालाडियमको भाउ ह्वात्तै बढेपछि मेमा सिल्भर फिलिङको भाउ बढाउने निर्णय गरेको हो । मूल्य संसोधनका कारण ७० वर्ष वा सो भन्दा कम उमेरका बिरामीहरुको खर्च कयौं सय येनले बढ्न सक्ने स्रोतको भनाइ छ ।
मार्च सम्ममा ३० ग्राम सिल्भर फिलिङ सामाग्रीको मूल्य ८८ हजार ५३० येन (७०० डलर) थियो । दन्त चिकित्सकहरुको समूहले सरकारलाई यस्ता उपचारको शुल्क बढाएर १ लाख २० हजार येनसम्म पुर्याउा अनुरोध गरेको स्रोले बताएको छ ।
मन्त्रालयले राष्ट्रिय बीमाले बेहोरिदिने राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमले बेहोरिदिने सिल्भर फिलिङको निश्चित मेडिकल लागत अप्रिलको समीक्षामा ९४ हजार ४७० येन पुर्याएको थियो । यही हप्ता यसलाई बढाएर १ लाख येन माथि पुर्याएको बताइएको छ ।
अर्थ मन्त्रालयको व्यापार तथ्यांक अनुसार जापानले आयात गरेको ३३४ दशमलव ५ प्रतिशत पालाडियम रुसबाट आएको थियो । यो दक्षिण कोरियापछि दोस्रो उच्च हो । पालाडियम अटोमोबाइलमा पनि प्रयोग हुन्छ ।
करुसले युक्रेनमाथि हमला गर्नु अघि नै विश्वभर पालाडियमको माग उच्च थियो । विगत पाँच वर्षमा पालाडियम भएको सिल्भर फिलिङको स्थिर लागत दोब्बर बनेको छ ।