(Japan) 5 th June | 2023 | Monday | 1:38:31 AM || (Nepal) 10:23:31 PM
 
 

मे बाट जापानले कोरोनाको चौथो खोप लगाउन शुरु गर्ने

  POSTED ON : Sunday, 27 March, 2022 | Views : 2622

मे बाट जापानले कोरोनाको चौथो खोप लगाउन शुरु गर्ने


टोकियो, जापान ।

जापान सरकारले कोरोना भाइरस विरुद्धको खोपको चौथो मात्रा छिटोमा मेदेखि शुरु गर्ने भएको छ । यो यस अघि योजना बनाइएको भन्दा एक महीना अगाडि हो ।

स्रोतहरुका अनुसार स्वास्थ्य मन्त्रालयको विज्ञहरुको समितिले खोपको तेस्रो र चौथो मात्राबीचको अन्तराल घटाउने विषयमा छलफल गर्नेछन् ।

यस अघि यी दुई मात्राबीचको अन्तर अधिकतम् ६ महीना कायम गरिएको थियो । जापानमा डिसेम्बरदेखि कोभिड विरुद्धको खोपको बुष्टर मात्रा लगाउन शुरु गरिएको छ ।

बिहिबार विज्ञहरुको उपसमितिले चौथो मात्रा लगाउने कार्यक्रमलाई मञ्जुरी दिइसकेको छ । चौथो मात्राका लागि अन्य देशहरुले लिने नीति अनुसार तेस्रो र चौथो मात्राबीचको समय अन्तरबारे पुनःविचार गरिने सरकारको धारणा छ ।

तेस्रो मात्रा लगाएका सबैलाई चौथो मात्रा लगाइने पनि मन्त्रालयले बताएको छ । खोपको असर घट्दै गएर निश्चित अवधिपछि संक्रमण दर बढ्न थालेपछि पछिल्लो समय सीमापार कयौं देशहरुले चौथो मात्रा लगाउने तयारी गरिरहेका छन् ।