टोकियो, जापान ।
कोभिड-१९ भाइरसबाट संक्रमित भएका करिव २ लाख ६४ हजार व्यक्ति जापानमा घरमै स्वास्थ्य लाभ गरिरहेको पाईएको छ ।
जनवरी २६ तारिख सुरुवातसम्ममा जापानभरि २,६३,९९२ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएर घरमै निको भइरहेको स्वास्थ्य मन्त्रालयले जनवरी २८ मा घोषणा गरेको छ । २९ तारिखसम्मको तथ्यांक प्राप्त नभएपनि यो संख्या ३ लाख नाघिसकेको दैनिक संक्रमित संख्याले देखाउँछ ।
जापानमा यसअघि गत बर्षको सेप्टेम्बर महिनामा घरमै बस्न बाध्य कोरोना संक्रमितको संख्या १३१,००० रहेको थियो । जुन अहिलेसम्मकै उच्च रहेको थियो । संक्रमणको पाँचौं लहरको समयमा भएको उच्च संख्यालाई दोब्बरले उछिनिसक्दा आगामी दिनमा घरमै उपचार अभाव वा पालो कुरेर बस्न बाध्य यस्ता व्यक्तिको संख्या झनै उकालो लाग्ने देखिएको छ ।
ओमिक्रोन भेरियन्ट देश भरि फैलिदै गर्दा लगातार चार दिन यता नयाँ कोरोना संक्रमित बृद्धिको किर्तिमान बन्दै आएको छ । जापानमा शुक्रबार दैनिक संक्रमितको संख्या पहिलो पटक ८० हजार नाघिसकेको छ । जनवरी २६ सम्म घरमा निको हुनेहरूको संख्या एक हप्ता अघि रेकर्ड गरिएको १०३,३४३ व्यक्तिहरूको तुलनामा २.६ गुणाले बढेको छ ।
टोकियोमा सबैभन्दा बढी ४२ हजार ४ सय ९५ जना घरमै निको भइरहेका छन् । त्यसपछि खानागावा प्रान्तमा २८,५२४ मानिस कोरोना संक्रमित भएर घरमै रहेको सरकारी तथ्यांकमा उल्लेख छ । यसैगरि ओसाका प्रिफेक्चरमा ६,९४० र २०,००६ मानिस आइची प्रिफेक्चर रहेको तथ्यांकमा उल्लेख छ ।
...
स्रोत : माइनिचि सिम्बुन