(Japan) 24 th June | 2026 | Wednesday | 11:23:37 PM || (Nepal) 8:08:37 PM
 
 

ओमिक्रोन संक्रमण बृद्धिले जापान योजना अनुसार बूस्टर खोप लगाउने लक्ष्यमा चुक्दै

  POSTED ON : Thursday, 27 January, 2022 | Views : 3472

ओमिक्रोन संक्रमण बृद्धिले जापान योजना अनुसार बूस्टर खोप लगाउने लक्ष्यमा चुक्दै


टोकियो, जापान ।

ओमिक्रोन भेरियन्टको द्रुत प्रसारले प्रारम्भिक बूस्टर खोप योजनाहरूलाई अस्तव्यस्ततामा पारेपछि जापान यस महिना लगभग १ करोड ५० लाख मानिसहरूलाई कोभिड बूस्टर खोप लगाईसक्ने लक्ष्यमा चुक्ने भएको छ ।

लगभग २६ लाख मानिसहरूले मात्र मंगलबारसम्म उनीहरूको तेस्रो खुराकको रुपमा बूस्टर खोप प्राप्त गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ, जुन जनवरीको लक्ष्यको लगभग १८ प्रतिशत मात्र प्राप्ती हो । जापानले अहिलेसम्म आफ्नो बूस्टर कार्यक्रमलाई स्वास्थ्य सेवाकर्मी र वृद्धवृद्धाहरूमा सीमित गरेको छ, जसको अर्थ कुल जनसंख्याको २.१ प्रतिशतले भर्खर बूस्टर खोप पाएका छन् । भ्याक्सिन ट्र्याकरका अनुसार विकसित राष्ट्रहरूमा बूस्टर खोपको यो सबैभन्दा कम अनुपात हो ।

जापानमा ओमिक्रोन संक्रमणमा भएको बृद्धिको साथ स्वास्थ्य९सेवा प्रणालीलाई बोझ थपिइरहेको छ । बूस्टर कार्यक्रममा संघीय सरकारको खोप तालिकालाई पछ्याउने तथा खोप उपलब्ध गराउने एवं कति समयको अन्तरालमा लगाउने भन्ने जस्ता अलमलले बूस्टर प्रगति ढिलो भएको स्थानीय मिडियाहरुले रिपोर्ट गरेका छन् ।

जापानले यस हप्ता भनेको छ कि कोभिड बिरामीसँग नजिकको सम्पर्कमा आएका र पछि लक्षण भएका व्यक्तिहरूलाई संक्रमित मानेर स्वास्थ्य उपचार उपलब्ध गराउन सकिन्छ, र हाल भाइरस संक्रमितहरुबाट उपचारको लागि बढ्दो अनुरोधहरु आउन थालेका छन् ।

जापानले डिसेम्बरमा स्वास्थ्य सेवाकर्मी र वृद्धवृद्धाहरूलाई नर्सिङ होमहरूमा बूस्टर खोपहरू दिन थालेको थियो र यसलाई मार्चको वरिपरि सर्वसाधारणलाई दिने योजना बनाएको छ । जापानमा लगभग ८० प्रतिशत जनसंख्याले दुईमात्रा कोभिड खोप लगाएका छन् । खोपको यो प्रतिशत विकसित राष्ट्रहरू बीचको उच्चतम दर मध्ये एक र कुनै पनि प्रकारको सरकारी निर्देशन वा बाध्यात्मक अवस्था सिर्जना नगरि खोप लगाएको यो प्रतिशत अन्य विकसित देशको तुलनामा ठूलो उपलब्धि हो ।

...

स्रोत : बूल्मबर्ग