(Japan) 24 th June | 2026 | Wednesday | 11:21:03 PM || (Nepal) 8:06:03 PM
 
 

जापानी कम्पनीले बनाएको खाने चक्की ओमिक्रोन विरुद्ध प्रभावकारी

  POSTED ON : Tuesday, 21 December, 2021 | Views : 5400

जापानी कम्पनीले बनाएको खाने चक्की ओमिक्रोन विरुद्ध प्रभावकारी


टोकियो, जापान ।

जापानी फार्मास्युटिकल फर्म शिओनोगी एण्ड कोले आफुले बिकास गरेको खाने चक्की कोभिड १९ औषधि कोरोना भाइरसको ओमिक्रोन स्ट्रेन बिरूद्ध प्रभावकारी पाईएको बताएको छ ।

शिओनोगीले नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेजले ओमिक्रोन स्ट्रेन संक्रमित विरुद्ध आफुले बनाएको चक्की औषधि प्रभावकारी भएको पुष्टि गरेको बताएको छ ।

औषधि निर्माताले भाइरसको अल्फा र डेल्टा भेरियन्टहरू विरुद्ध यसको प्रभावकारिता पुष्टि गरिसकेको छ ।

ओसाकामा आधारित कम्पनीले नयाँ औषधिको स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिको लागि आवेदन दिने अपेक्षा गरिएको छ । कम्पनीले निकट भविष्यमा जापानमा १० लाख मानिसहरूलाई खाने चक्की आपूर्ति गर्ने लक्ष्य राखेको छ ।