टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको 'प्यानल'ले 'बुस्टर शट'को रूपमा अमेरिकी 'बायोटेक्नोलोजी फर्म' 'मोडर्ना इंक'को कोभिड-१९ खोपलाई 'बूस्टर'को खोपको रुपमा लगाउन प्रशासनलाई बुधबार स्विकृत गरेको छ ।
जापानमा 'मोडेर्ना भ्याक्सिन'को बिक्री र वितरणको जिम्मा पाएको 'ताकेदा फर्मास्युटिकल कम्पनी'ले गत महिना दोस्रो पटक खोप लगाएको कम्तिमा छ महिनापछि तेस्रो 'शट' अर्थात् 'बूस्टर' खोप लगाउन फाईजरलाई जस्तै अनुमति दिन स्वीकृतिको लागि आवेदन दिएको थियो ।
जापानले यसअघिनै फाईजरलाई 'बूस्टर' खोपको रुपमा प्रयोग गर्न थालिसकेको छ । तर अष्ट्राजेनेका 'भ्याक्सिन'लाई भने 'बूस्टर'को रुपमा लगाउन स्विकृती दिएको छैन ।