टोकियो, जापान ।
जापानमा तेह्र प्रतिशत प्राथमिकदेखि हाईस्कूलका विद्यार्थीहरूमा गत अक्टोबरमा कोरोना भाइरस महामारीको प्रभावका कारण मानसिक रुपमा असर पुगेको एक अध्ययनले देखाएको छ । एउटा मेडिकल ईन्स्टिच्युडले गरेको अध्ययनले १३ प्रतिशत जापानी विद्यार्थीहरुको चिकित्सामा ध्यान दिनु पर्ने निस्कर्ष निकालेको हो ।
भाइरसको फैलावट रोक्नको लागि सामाजिक व्यवहारहरुमा प्रतिबन्धहरू, जस्तै मास्क लगाउने र कुराकानी नगरी खाना खाने, बालबालिकाको मानसिक स्वास्थ्यलाई असर गर्ने कारकहरू मध्ये एक भएको मानिएको छ ।
बाल स्वास्थ्य र विकास राष्ट्रिय केन्द्रको सर्वेक्षण हाई स्कूलको पहिलो वर्षदेखि पाँचौं कक्षासम्मका करिब ३,००० विद्यार्थीहरूमा गरिएको थियो । जसमध्ये झन्डै ६० प्रतिशत वा करिब १९०० जनाले प्रतिक्रिया जनाएका थि । टोकियोस्थित संस्थानले अप्रिलको अन्त्यमा यो अनुसन्धान गरेको हो ।
पढाईमा ध्यान केन्द्रित गर्न असमर्थता र आत्म विश्वासको कमि जस्ता कार्यहरू सहित लक्षणहरू निगरानी गरेर अध्ययनले रिपोर्ट प्रकाशित गरेको हो ।
सर्वेक्षणले १३ प्रतिशत उत्तरदाताहरूमा मध्यम देखि अधिक गम्भीर लक्षणहरू देखाएका थिए, जसलाई अस्पतालमा चेकजाँचको आवश्यकता देखिएको थियो ।
यो संख्या २०२० मा देखिएको ६ प्रतिशत र २०२१ मा ११ प्रतिशत भन्दा बढि हो । यद्यपी अघिल्ला सर्वेक्षणहरूमा समावेश गरिएका आधार र कारकहरु भन्दा यसमा फरक थिए ।
कोभिड-१९ प्रतिबन्धहरू पछि खुकुलो भए पनि, संस्थानले चेतावनी दिंदै केही बच्चाहरूलाई मानसिक र शारीरिक रूपमा निको हुन समय चाहिने उल्लेख गरेको छ ।
घरका सदस्य तथा अग्रजहरुले बच्चाहरूलाई सामान्य भन्दा बढी ध्यान दिनुपर्ने र उनीहरूको कुरा सुन्नुपर्ने भन्दै केन्द्रको सामाजिक चिकित्सा विभागका प्रमुख नाहो मोरिसाकीले बालबालिकाको स्वास्थ्यमा महामारीको प्रभावको बारेमा आफ्नो अध्ययन जारी राख्ने योजना बनाएको छ बताएका छन् ।