ओसाका, जिजी प्रेस ।
शिओनोगी एण्ड कम्पनीले यस वर्षको जुन वा जुलाईमा स्वास्थ्य मन्त्रालयमा आफ्नो कोभिड-१९ खोपको स्वीकृतिको लागि आवेदन गर्ने योजना बनाएको छ ।
जानकार स्रोतहरूका अनुसार खोपको अन्तिम मात्रा तयार पारेको कम्पनीले आन्तरिक परीक्षण गरिरहेको छ । यदि खोपले आम प्रयोगको लागि स्वीकृती पाएमा यो जापानमा विकास गरिएको पहिलो कोरोना भाइरस बिरुद्धको खोप हुनेछ ।
औषधि निर्माता कम्पनी शिओनोगीले क्लिनिकल अध्ययनको नतिजाको आधारमा नियामक स्वीकृतिको लागि आवेदन दिनेछ जुन यस महिनाको अन्त्यमा चाँडो बाहिर आउने अपेक्षा गरिएको छ ।
शिओनोगीका अध्यक्ष इसाओ तेशिरोगीले पत्रकार सम्मेलनमा भनेका छन्, 'हामीसँग धेरै राम्रो खोप तयार छ ।'
मार्च २०२३ मा समाप्त हुने चालू आर्थिक वर्षको लागि, शिओनोगीले ४ खर्ब येनको बिक्री रिपोर्ट गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.४ प्रतिशत बढी छ । बुधवार जारी गरिएको तथ्यांक अनुसार संचालन मुनाफा ८.८ प्रतिशत बढेर १ खर्ब २० अर्ब पुग्ने भएको छ ।
कम्पनीले कोभिड खोप र यसको कोरोना भाइरस चक्कीबाट कुल १ खर्ब १० अर्ब बिक्री गर्ने प्रक्षेपण गरेको छ । जसको लागि यसले नियामक स्वीकृतिको लागि आवेदन गरेको छ ।