(Japan) 12 th October | 2025 | Sunday | 10:21:08 AM || (Nepal) 7:06:08 AM
 
 

आज र भोली टोकियोमा एशियाली फिल्म फेस्टिवल, जिज्ञान कुमार थापा सम्बोधन गर्दै

  POSTED ON : Saturday, 02 August, 2025 | Views : 622

आज र भोली टोकियोमा एशियाली फिल्म फेस्टिवल, जिज्ञान कुमार थापा सम्बोधन गर्दै


टोकियो, जापान ।

एशिया महादेशका ४० देशको सहभागीता तथा नेपालमा तयार बृत्तचित्र समेत प्रदर्शन हुने एशियाली फिल्म फेस्टिवल आज आज र भोली आयोजना हुँदैछ ।

नेपालमा निर्मित बृत्तचित्रबाट कार्यक्रमको सुरुवात हुने बताइएको छ ।

एशिया केन्द्रित वृत्तचित्रहरूको प्रतिष्ठित अनलाइन प्लेटफर्म Asian Documentaries द्वारा आयोजना गरिने “एशियन डकुमेन्टरीज फिल्म फेस्टिवल 2025” आज अगस्ट 02 (शनिबार) र भोली अगस्ट 03 (आईतबार) का दिन टोकियोमा सम्पन्न हुने भएको छ।

यस फेस्टिवलको शुरुवात बेलायतको निर्माण कम्पनीले तयार पारेको नेपालको चर्चित वृत्तचित्र “क्लयधबिलम” बाट शुरु गरिने भएको छ। उक्त प्रदर्शनीमा  बिशेष अतिथीको रुपमा नेपाल-जापान सम्बन्धका ज्ञाता, जापानी मिडियामा सकृय तथा कानागावा अन्तराष्ट्रिय फाउन्डेशनमा कार्यरत र हाल चुकुबा विश्व विध्यालयमा पार्ट टाइम प्राध्यापक समेत रहनुभएको जिज्ञान कुमार थापाले सम्बोधन गर्नुहुने भएको छ ।

एशिया महादेशका करिब ४० देशबाट चयन गरिएका ३६० भन्दा बढी वृत्तचित्रहरूबाट २ दिनमा १० वटा प्रदर्शन गरिनेछ र त्यसको शुरुवात नेपालको क्लयधबिलमबाट गरिने थापाले बताउनुभयो ।

Asian Documentaries ले फिल्म फेस्टिवलको विशेष वेबसाइट तयार गरेको छ।

फेस्टिवलको विस्तृत जानकारी र कार्यक्रमसूची यहाँ हेर्न सकिन्छ
https://www.asiandocs.net

“Snowland” कार्यक्रम विवरण
https://www.asiandocs.net/snowland

जिज्ञान कुमार थापा बारे
https://www.asiandocs.net/jigyan-thapa

www.asiandocs.net