(Japan) 27 th March | 2026 | Friday | 5:26:51 PM || (Nepal) 2:11:51 PM
 
 


टोकियो आसपासको क्षेत्रमा भारि हिमपातको चेतावनी

  POSTED ON : Saturday, 24 January, 2026 | Views : 584

टोकियो आसपासको क्षेत्रमा भारि हिमपातको चेतावनी


टोकियो, जापान ।

जापानभरको मौसम चिसिदै जाँदा जापान मौसम विज्ञान एजेन्सीले राजधानी टोकियो क्षेत्रमा भोलिबाट भारी हिमपातको चेतावनी दिएको छ ।


मौसम एजेन्सिले कान्तो–कोशिन क्षेत्रमा शनिबारदेखि भारी हिमपात हुने भन्दै विशेष चेतावनी जारी गरेको हो । जनवरी २४ तारिखदेखि आइतबारसम्म नागानो र उत्तरी कान्तोका पहाडी तथा हिमाली भूभागमा अत्यधिक हिमपात हुने पुर्वानुमान गरिएको छ। 


विभागका अनुसार आकाशमा कम तापक्रमको अत्यन्तै चिसो हावा बहने भएकाले भारी हिमपातको सम्भावना बढेको हो । टोकियो र साइतामा क्षेत्रहरूमा समेत शनिबार हिउँ पर्नेछ । नागानो क्षेत्रमा ७० सेन्टिमिटर र उत्तरी कान्तोमा ४० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने प्रक्षेपण गरिएको छ। 


सडकमा हिउँ जम्ने र सडकको सतह चिप्लो हुने भएकाले यातायातमा अवरोध आउन सक्ने भन्दै सवारी चलाऊँदा तथा बाहिरी यात्रामा सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी सवारी चालकहरूलाई हिउँमा लगाइने टायर प्रयोग गर्न र सम्भावित पहिरो तथा चट्याङबाट बच्न सुझाव दिइएको छ। 


आगामी मंगलबार र बुधबार पनि पुनः हिमपात हुन सक्ने भएकाले आगामी साताभरी सतर्कताको लागि मौसम बिभागले अनुरोध गरेको छ ।