(Japan) 15 th June | 2026 | Monday | 4:04:38 AM || (Nepal) 12:49:38 AM
 
 

जापान कुमामोतोमा शक्तिशाली भूकम्प, सुनामीको खतरा छैन

  POSTED ON : Wednesday, 26 November, 2025 | Views : 768

जापान कुमामोतोमा शक्तिशाली भूकम्प, सुनामीको खतरा छैन


टोकियो, जापान ।

जापानको कुमामोतो प्रान्तमा मंगलबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

जापान मौषम विज्ञान एजेन्सीका अनुसार ५.७ म्याग्निच्युडको भूकम्पको कम्पन आसपासका एकदर्जन प्रान्तमा महशुस गरिएको छ । भूकम्प साँझ ६ बजेर १ मिनेटमा गएको हो ।

भूकम्प पछि सुनामी लगायत कुनैपनि प्राकृतिक विपत्तिको खतरा भने नरहेको एजेन्सीले जनाएको छ ।

तर आगामी साता भरमा समान स्तरको कम्पनको जोखिम भने रहेकाले मौषम विज्ञान एजेन्सीका अधिकारीहरुले सर्तकता अपनाउन आग्रह गरेका छन् ।