(Japan) 12 th October | 2025 | Sunday | 10:27:27 AM || (Nepal) 7:12:27 AM
 
 

जापानमा तापक्रम बढेर ४२ पुग्यो, टोकियोमा ४१ डिग्री सेल्सियस

  POSTED ON : Tuesday, 05 August, 2025 | Views : 558

जापानमा तापक्रम बढेर ४२ पुग्यो, टोकियोमा ४१ डिग्री सेल्सियस


टोकियो, जापान ।

धेरै दिनदेखि खतरनाक रूपमा तातो मौसम जारी रहँदा टोकियो क्षेत्रको कान्तो र किन्की क्षेत्रहरूमा पनि ज्यानै लिने गर्मी जारी रहेको छ ।

विशेष गरी, कान्तोका भित्री क्षेत्रहरूमा अभूतपूर्व गर्मी देखिएको छ । जापान मौषम विज्ञान एजेन्सीको ताजा विवरणहरु अनुसार टोकियोमा ५ तारिख ४०.४ डिग्री मापन गरिएको छ ।

उच्च गर्मीबाट हृदयघात सहित बेहोस बनाउन सक्ने जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

गर्मीको मारमा सबैभन्दा बढि जापानको गुन्मा प्रान्त परेको छ । मौषम विज्ञान एजेन्सीको विवरण अनुसार मंगलबार गुन्माको ईसेसाकी शहरमा ८१.८ डिग्री मापन गरिएको छ ।

गर्मीको जोखिम अत्यधिक बढ्दै गएकाले तोहोकुदेखि ओकिनावासम्मका ४४ प्रिफेक्चरहरूमा गर्मीको खतराको चेतावनी जारी गरिएको छ ।

कृपयाँ तपाईं पनि समय समयमा पानी पिउने गर्नुहोला ।

झोलिले बस्तुहरु धेरै पिउने, एसि, पंखा आदि चलाएर कोठामा रहने तथा बाहिरि यात्रामा छाता ओढ्ने सहित पेय पदार्थहरु कम्तिमा एक घण्टामा एक पटक पिउने गर्नुहोला । स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल अस्पताल जानुहोला वा ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोला ।