(Japan) 12 th October | 2025 | Sunday | 10:27:23 AM || (Nepal) 7:12:23 AM
 
 

जापानमा ताईफु आउँदै टोकियो क्षेत्रमा भारी बर्षाको चेतावनी

  POSTED ON : Tuesday, 24 June, 2025 | Views : 842

जापानमा ताईफु आउँदै टोकियो क्षेत्रमा भारी बर्षाको चेतावनी


टोकियो, जापान ।

जापानमा यस बर्षको दोस्रो ताईफु टोकियो नजिकको ओगासावरा टापुहरू नजिकैबाट जाने भएको छ । जसले २४ तारिख साँझबाट भारी वर्षा हुने सम्भावना रहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

एजेन्सीले समथल भूभागहरुमा पहिरो र बाढीबाट सावधानी अपनाउन आह्वान गरेको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, ताइफुन नम्बर २ चिचिजिमा टापुबाट लगभग २६० किलोमिटर उत्तर उत्तरपश्चिममा समुद्रमाथि लगभग ३० किलोमिटर प्रति घण्टाको गतिमा उत्तर-उत्तरपश्चिमतिर सर्दै गएको छ ।

ओगासावरा टापुहरूमा, २४ तारिख दिउँसोको आसपासमा ४ मिटरसम्मका उच्च छालहरू र बाढी आउने अनुमान गरिएको छ।

२४ तारिख साँझबाट ताईफुको असर कान्टो क्षेत्रमा आईपुग्ने पूर्वानुमान गरिएको छ ।

कान्टो क्षेत्रमा, २४ तारिख दिउँसोदेखि २५ तारिखको मध्याह्नसम्म तातो र आर्द्र हावा बहनेछ, जसले गर्दा अस्थिर वायुमण्डलीय अवस्था र मेघ गर्जनसहित भारी वर्षाको जोखिम हुनेछ ।