टोकियो, जापान ।
उत्तरी जापानदेखि पूर्वी जापानसम्म जापानको समुद्री तटमा लगातार हिउँ परिरहँदा शुक्रबारबाट यो क्रम तीव्र हुने पूर्वानुमान गरिएको छ।
जापान मौसम विज्ञान एजेन्सीले जाडोको चापको ढाँचा र चिसो हावाको प्रभावले मुख्यतया तोहोकु र होकुरिकु क्षेत्रहरू र निगाता प्रान्तको जापानको समुद्री किनारमा जनजीवन ठप्प बनाउनेगरि हिमपात हुने बताएको छ ।
बिहीबार साँझदेखि २४ घण्टाको अवधिमा, तोहोकुमा ८० सेन्टिमिटर, निगाता र गिफु प्रान्तमा ७० सेन्टिमिटर, होकुरिकुमा ६० सेन्टिमिटर, होक्काइदोमा ५० सेन्टिमिटर र उत्तरी कान्तो र नागानो प्रान्तमा ४० सेन्टिमिटर हिमपात हुने अनुमान गरिएको छ ।
शुक्रबार साँझदेखि २४ घण्टासम्म, उत्तरी कान्तोमा ५० सेन्टिमिटर, तोहोकु र होकुरिकु क्षेत्रहरू र निगाता र नागानो प्रान्तहरूमा ४० सेन्टिमिटर र होक्काइदो र गिफु प्रान्तहरूमा ३० सेन्टिमिटर हिउँ पर्ने अनुमान गरिएको छ ।
मौसम अधिकारीहरूले सम्भावित ट्राफिक अवरोध, हिमपहिरो, छानाबाट हिउँ खस्ने वा बिजुलीको तारमा हिउँ जम्ने र त्यसले निम्त्याउने जोखिम र अन्य घटनाक्रमहरूको लागि मानिसहरूलाई सतर्क रहन आग्रह गरिरहेका छन् ।
बाहिरि यात्रा, अत्यावश्यक खाद्यान्न र दैनिक आवश्यक सामान, हिउँ पन्छाउने जस्ता विषयमा पूर्व तयारी र सतर्कता अपनाउन अधिकारीहरुले नागरिकमा अनुरोध गरेका छन् ।