(Japan) 5 th May | 2026 | Tuesday | 3:51:55 PM || (Nepal) 12:36:55 PM
 
 


जापानमा आज फेरि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

  POSTED ON : Friday, 12 December, 2025 | Views : 942

जापानमा आज फेरि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


टोकियो, जापान ।

जापानमा एक हप्ताको अन्तरालमा पुन अर्को शक्तिशाली भूकम्प गएको छ ।

जापानको होक्काइदो र तोहोकु क्षेत्र नजिकै ६.७ म्याग्निच्युडको भूकम्प गएको जापान मौषम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सीले उत्तरी जापानको प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरेको छ ।

यसअघि सोही क्षेत्रमा गत सोमबार राती ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट ३० जना घाइते भएका थिए ।