टोकियो, जापान ।
उत्तरपूर्वी जापानको फुकुशिमा प्रिफेक्चरमा बिहीबार बिहान २:४९ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
अधिकारीहरूले सुनामीको कुनै खतरा नभएको बताएका छन्।
जापानको भूकम्पीय स्केलमा शून्य देखि ७ सम्मको तीव्रता प्रिफेक्चरको हिनोएमाता गाउँमा पाइएको थियो।
मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु ४ किलोमिटर गहिराइमा रहेको बताएको छ ।
टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र दैनी आणविक प्लान्टहरूमा कुनै असामान्यता नभएको पुष्टि गरेको छ। कम्पनीले आणविक पावर प्लान्टहरू वरपर विकिरण स्तर मापन गर्ने अनुगमन पोस्टहरूमा तथ्याङ्कमा कुनै परिवर्तन नभएको पनि बताएको छ।
स्थानीय प्रहरी र अग्नि विभागले बिहान ३:१५ बजेसम्म हिनोएमातामा क्षतिको कुनै रिपोर्ट प्राप्त नभएको बताएका छन ।
लगातार ४ म्याग्निक्युड वा त्यो भन्दा साना भूकम्पको धक्का गइरहंदा मौसम अधिकारिहरुले सावधानी अपनाउन आग्रह गरेका छन ।