टोकियो, जापान ।
सोमबार राती दक्षिणी जापानको मियाजाकी प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सुनामीले मियाजाकी र कोची प्रान्तका केही भागहरूमा २० सेन्टिमिटर सम्मको सुनामी आएको छ ।
मियाजाकी प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो र सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा जापानी स्केलमा ५ भन्दा कम तीव्रता ० देखि ७ मापन गरिएको छ ।
एजेन्सीले मियाजाकी र कोची प्रान्तहरूको लागि सुनामी सल्लाह जारी गरेको छ ।
मियाजाकीमा २० सेन्टिमिटरको सुनामी देखिएको र कोची प्रान्तमा १० सेन्टिमिटरको सुनामी मापन गरिएको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरूले मानिसहरूलाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् ।
जापानमा महाबिपत्ति निम्त्याउनसक्ने महाभूकम्पको जोखिम !
जापान मौषम विज्ञान एजेन्सीका विज्ञहरुले सोमबारको मियाजाकी भूकम्प प्रत्यक्ष रुपमा नानकाई ट्रफ भनिने महाभूकम्पको जोखिम रहेको क्षेत्रसँग सिधा सम्वन्ध नरहेको बताएका छन् । क्युशु क्षेत्रमा गएको ६.९ म्याग्निच्युडको भूकम्पको सिधा नरहेपनि आगामी हप्तादिन भित्रमा क्यूशु क्षेत्रमा शक्तिशाली भूकम्प जाने जोखिम भने रहेको बताइएको छ ।
सोमबार रातीकै स्तरको वा त्यो भन्दा ठूलो भूकम्प आगामी हप्तादिन भित्रमा त्यसमा पनि दुई वा तीन दिन भित्रमा जाने जोखिम २० देखि ३० प्रतिशत रहेको छ ।
(Update : Tuesday 00:05am)
...
जापान मौसम विज्ञान एजेन्सीले सोमबार साँझको शक्तिशाली भूकम्प लगत्तै एक विशेषज्ञ प्यानलले शक्तिशाली भूकम्प र दक्षिणपश्चिम जापान हुँदै मध्य समुद्रमा रहेको नानकाई ट्रफको सम्भावना र सम्वन्धको अनुमान गर्दै अनुसन्धान थालेको बताएको छ ।
पछिल्लो सरकारी अनुमानअनुसार सबैभन्दा खराब अवस्थामा, नानकाई ट्रफ भूकम्पले २,३०,००० भन्दा बढीको ज्यान लिन सक्छ र लगभग २० लाख भवनहरू ध्वस्त हुनेछन् ।
टोकियो सहित मध्य जापानको अवस्था कम्तिमा एक हप्ता अस्तव्यस्त बनाउने र खर्बौंको क्षति पुग्ने पूर्वानुमान गरिएको छ ।
मध्य जापानमा लाखौं व्यक्तिको ज्यान लिनसक्ने पूर्वानुमान गरिएको महाभूकम्पको जोखिम बढाउनेगरि गएको मियाजाकी भूकम्पपछि पुन सो क्षेत्रमा समान स्तरको भूकम्प आगामी तीनदिन भित्र जाने जोखिम रहेको एजेन्सीका अधिकारीहरुले बताएका छन् ।
थप कडा भूकम्पको जोखिम रहेकाले भूकम्प प्रभावित क्षेत्रमा सतर्कता र सावधानी पूर्वक रहन आग्रह गरिएको छ ।