(Japan) 12 th October | 2025 | Sunday | 10:27:21 AM || (Nepal) 7:12:21 AM
 
 

जापान युशुमा शक्तिशाली भूकम्प, सुनामिको सतर्कता जारी

  POSTED ON : Tuesday, 14 January, 2025 | Views : 1696

जापान युशुमा शक्तिशाली भूकम्प, सुनामिको सतर्कता जारी


टोकियो, जापान ।

दक्षिणपश्चिम जापानको क्युशुमा शक्तिशाली भूकम्प गएको छ।


जापान मौसम विज्ञान एजेन्सीले मियाजाकी प्रिफेक्चरमा ६.९ म्याग्निच्युडको भूकम्प गएको र सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा जापानी स्केलमा ५ देखि ७ को तीव्रता रहेको बताएको छ ।


एजेन्सीले मियाजाकी र कोची प्रिफेक्चरका लागि सुनामी सतर्कता जारी गरेको छ।


भूकम्पका कारण परेको असरका बारेमा बिस्तृतमा खबर आउनेक्रममा रहेको छ ।

आगामी एक साता भित्रमा समान स्तरको वा ठुलो भूकम्प जान्सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 


मियाजाकी र कोची प्रिफेक्चरका भुकम्पपछि सुनामी चेतावनी जारी भएको छ । तपाईं वा तपाईंको कोही आफन्त, साथीभाई वा प्रियजन हुनुहुन्छ भने उहाको अवस्थाबारे बुझ्नुहोला वा आफ्नो बारेमा जानकारी आफ्ना नजिकका ब्यक्तिलाई जानकारी गराउनुहोला । पहिलो ठुलो भूकम्पपछि लगातार समान स्तरको वा साना पराकम्पहरु जाने भएकाले स्थानिय निकायले जारी गर्ने सुचनालाई पालना गर्नुहुन अनुरोध गर्दछौं ।


भूकम्पका कारण परेको असरका बारेमा बिस्तृतमा खबर आउनेक्रममा रहेको छ ।