टोकियो, जापान ।
जापानको क्यूशु क्षेत्रमा १२ तारिखदेखि १३ तारिखसम्म सामान्यतया हिउँ नपर्ने क्षेत्रहरूमा पनि हिउँ पर्नसक्ने पूर्वानुमान जापान मौषम विज्ञान एजेन्सीले गरेको छ । चिसो हावा र अन्य कारकहरूको प्रभावका कारण, १२ तारिखमा क्युशु क्षेत्रको समतल जमिनमा पनि हिउँ जम्मा हुन सक्नेछ ।
जापान मौसम विज्ञान एजेन्सीले मानिसहरूलाई हिमपातको प्रभावबाट हुनसक्ने सवारी आवागमन अवद्धरु तथा दुर्घटनाबाट सावधान रहन आग्रह गरेको छ ।
यसैगरि दक्षिणी कान्तोमा केहि स्थानमा न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिउँ परिरहेको छ । तर टोकियोको २३ वडाहरूमा हिमपातको सम्भावना नरहेको भएपनि उच्च चिसोका कारण सावधानी अपनाउन आग्रह गरिएको छ । यद्यपी पछिल्लो मौषम सम्वन्धि जानकारी लिएर मात्र बाहिरि यात्रामा निस्कन आग्रह गरिएको छ ।
शीतलहरले मुख्यतया होन्शुको जापान सागर तर्फ धेरै हिउँ जम्मा गरेको छ, केही क्षेत्रहरूमा औसतभन्दा बढी हिमपात भएका छन् । ११ तारिख हिजियोरी, ओकुरा गाउँ, यामागाता प्रिफेक्चर र मोरिमोन, उओनुमा शहर, निगाता प्रिफेक्चर, शिराकावामा १६९ सेन्टिमिटरसम्म हिउँ जमेको छ ।
गिफु प्रिफेक्चर, गुन्मा प्रिफेक्चर र आओमोरी विमानस्थलमा १६० सेन्टिमिटर हिउँ जम्दा छानाबाट खस्ने हिमपहिरो र हिउँबाट सावधान रहन आग्रह गरिएको छ ।
आगामी २४ घण्टा भित्रमा विशेषगरि क्युशुमा हिउँ पर्ने र भारी हिमपात हुने जोखिम रहेकाले सचेत रहन आग्रह गरिएको छ ।
टोकियो आसपास हाकोने, तामा र चिचिबु लगायत केहि पहाडी क्षेत्रमा हिउँ जम्नेगरि पर्ने पूर्वानुमान छ । टोकियोको २३ वडामा हिउँ पर्ने सम्भावना कम रहेको र बर्षाका रुपमा पर्ने हिउँ जम्ने सम्भावना नरहेको जापान मौषम विज्ञान एजेन्सीले जनाएको छ ।