(Japan) 12 th October | 2025 | Sunday | 10:27:25 AM || (Nepal) 7:12:25 AM
 
 

नेपालमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  POSTED ON : Tuesday, 07 January, 2025 | Views : 1272

नेपालमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


काठमाडौं, नेपाल ।

नेपालमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । हालसम्मको विवरणहरु अनुसार चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको अमेरिकी भुगर्भ विभागको वेवसाईटमा उल्लेख छ ।

भूकम्पको धक्का काठमाडौंमा ७ म्याग्नच्युडको महशुस गरिएको छ । बागमती प्रदेशका सबै जिल्लामा कडा कम्पन महशुस गरिएको भूकम्पको धक्का गण्डकी, कोशी प्रदेशका केहि जिल्लामा महशुस गरिएको छ ।

भूकम्पको धक्का चीन र नेपाल सहित भुटान, बङ्लादेश र भारतमा समेत महशुस गरिएको छ ।

यस बारेको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।