(Japan) 13 th November | 2025 | Thursday | 8:58:51 PM || (Nepal) 5:43:51 PM
 
 


सन्दिप आफ्नै कारण वेष्ट ईण्डिज बिरुद्ध निलम्बनमा परेको खुलासा, विश्वकप छनोट भने खेल्ने

  POSTED ON : Thursday, 02 October, 2025 | Views : 366

सन्दिप आफ्नै कारण वेष्ट ईण्डिज बिरुद्ध निलम्बनमा परेको खुलासा, विश्वकप छनोट भने खेल्ने


काठमाडौं, नेपाल ।

क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरेको खुलासा गरेको छ । सेप्टेम्बर २७ देखि ३० सम्म युएईको सारजहाँ क्रिकेट मैदानमा पहिलोपटक नेपाल र वेस्ट इन्डिजबिच टी २० सिरिज आयोजना भएको थियो। 

उक्त सिरिजमा खेल्नका लागि समावेश लामिछानेले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै आफु नखेल्ने निर्णय गरेकोले उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएकोले टिम म्यानेजमेन्टको सिफारिसमा प्रतियोगिता अवधिभर निलम्बन गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 

नेपालले वेस्ट इन्डिजमाथि २-१ को नजितासहित ऐतिहासिक रूपमा सिरिज जितेको थियो ।

क्यानका अनुसार सन्दीप ओमानमा आयोजना हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् । विश्वकप छनौटमा खेल्न सन्दिप टिमका अन्य खेलाडीसँगै त्यस तर्फ उडिसकेका छन् ।