टोकियो, जापान ।
नेपाली बाइक राइडरमा भेट्रान राइडरका रुपमा परिचित बिक्रम थापाले जापानको क्लब रेसिङ प्रतियोगिताको उपाधि जितेका छन् ।
थापा जापानमा एक दशक देखि व्यवसायसँगै बाइक रेसिगं प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्दै आइरहेका छन् । उनले नेपाली मोटरसाइक्लिङ रेस रेसमाण्डुबाट आफ्नो खेल जीवन सुरु गरेका थिए ।
आईतबार, टोकियो नजिक चिवास्थित सोदेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङमा विक्रमले जापानी सहित अन्य देशका रेसरहरुलाई पछि पार्दै उपाधि हात पारेका हुन्।
२४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि उचालेका हुन् । ३७३ सीसीसम्मको सिंगल सिलिन्डर अथवा २५० सीसीको ट्विन सिलिन्डर मोटरसाइकलको सो क्लब सिरिजको चौथो राउण्डमा फर्स्ट पोजिसन निकाल्न बिक्रम सफल भएका हुन् ।
नेपाली मोटरसाइकल रेसिङका सुरुवाती समयका राइडर बिक्रम,नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ रेसमाण्डु मार्फत नेपाली मोटरसाइकल रेसिङलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने रेसर समेत हुन् ।
नेपालका थुप्रै रेसिङ इभेन्टका पोडियम होल्डर बिक्रमले एशिया कप अफ रोड रेसिङ, सुजुकी एसियन च्यालेन्ज जस्ता अन्तर्राष्ट्रिय रेसमा राम्रो पदर्शन गर्नुका साथै २०१४ मा बेजिङमा भएको एफआईए योङ ड्राइभर्स एक्सिलेन्स एकेडेमी टेनिङमा फर्मुला रेसिङ तयारीका लागि नेपालबाट छनौट समेत भएका थिए ।
यस अघि २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि समेत विक्रमले उचालिसकेका छन् । उनका प्रदर्शनिलाई मध्यनजर गर्दै नेपाल अटोमोवाइल्स एसोसिएसनले गतवर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो ।
करिव २ लाख ५० हजार नेपाली बसोबास रहेको जापानमा हाल दजनौँ मोटरस्पोर्ट्सका नेपाली पारखीहरु रहेका छन् । यस अवस्थामा बिक्रमकै सक्रियतामा ‘मोटो–जापा नेपाल’ क्लब स्थापनाका लागि गत महिनादेखि नेपाल र जापानमा संस्थागत रुपमा कार्ययोजना संचालन गर्ने योजना रहेको बिक्रम बताउँछन् ।
विक्रम थापा जापानी बाईकरलाई हराउँदै नेपाली झण्डा फहराउन सफल (भिडियो सहित)