(Japan) 12 th October | 2025 | Sunday | 10:26:09 AM || (Nepal) 7:11:09 AM
 
 

जापानमा सेप्टेम्बर १३ र १४ मा दोस्रो कुमामोतो कप क्रिकेट प्रतियोगिता हुँदै

  POSTED ON : Sunday, 17 August, 2025 | Views : 482

जापानमा सेप्टेम्बर १३ र १४ मा दोस्रो कुमामोतो कप क्रिकेट प्रतियोगिता हुँदै


कुमामोतो, जापान ।

जापानको कुमामोतो शहरमा रहेका नेपाली क्रिकेट खेल प्रेमीहरुले यस बर्षपनि क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

यहाँको कुमामोतो क्रिकेट क्लबको आयोजनामा दोस्रो कुमामोतो कप क्रिकेट प्रतियोगिता २०२५ आउँदो सेप्टेम्बर १३ र १४ मा हुने भएको छ।

प्रतियोगिता कुमामोतो सहरस्थित होकुबु पार्क र ताकोमा मिनामी चुओ पार्कमा आयोजना गरिने आयोजकले जनाएको छ । जापानका विभिन्न शहर तथा प्रान्तका क्रिकेट टोलीहरूले यस प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको तयारीबारे जानकारी दिँदै खेल संयोजक सागर बस्यालले प्रतियोगिताले जापानमा क्रिकेट खेललाई अझ लोकप्रिय बनाउन मद्दत गर्ने, साथै यसले नेपाली समुदाय बीच आपसी सद्भाव र मित्रता मजबुत बनाउने अवसर प्रदान गर्ने बताउनुभयो ।

आयोजक समितिका अनुसार प्रतियोगितामा बिजेता हुने टिम ले २००,००० येन र उप-बिजेता हुने टिम ले १००,००० येन र आकर्षक ट्रफी तथा व्यक्तिगत बिधा मा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार तथा ट्रफीको ब्यबस्था गरिएको छ ।

पहिलो कुमामोतो कप सफलतापूर्वक सम्पन्न गरेको आयोजकले यस बर्षको दोस्रो प्रतियोगिता अझ भव्य र प्रतिस्पर्धात्मक हुने विश्वास सहित तयारी अघि बढाएको छ ।