(Japan) 12 th October | 2025 | Sunday | 10:26:13 AM || (Nepal) 7:11:13 AM
 
 

टप एन्ड टी–२० शृङ्खलामा नेपाल र नर्दन टेरिटोरीबिच प्रतिस्पर्धा हुँदै

  POSTED ON : Friday, 15 August, 2025 | Views : 316

टप एन्ड टी–२० शृङ्खलामा नेपाल र नर्दन टेरिटोरीबिच प्रतिस्पर्धा हुँदै


टोकियो, जापान ।

नेपाली राष्ट्रिय क्रिकेट टोली टप एन्ड टी–२० शृङ्खला अन्तर्गत आज नर्दन टेरिटोरीसँग प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे जापानी समय अनुसार साँझ सवा ५ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिता अन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले भदौ १० गते क्रिकेट एसीटीसँग पहिलो, भदौ १२ गते साउथ अस्ट्रेलियासँग दोस्रो र भदौ १४ गते साउथ अस्ट्रेलियासँग खेल्ने छ ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो ।