काठमाडौं, नेपाल ।
भारतको नोएडामा भएको Matrix Fight Night (MFN) १७ को मेन इभेन्टमा नेपाली फाइटर रविन्द्र ढाँटले भारतकै चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टामवेट टाइटल उपाधी बेल्ट जितेका छन्।
तेस्रो राउन्डमा उत्कृष्ट प्रदर्शनसहित ढाँटले खेल अघी आफुलाई ‘बच्चा’ भनेर होच्याएका कोरेनलाई मुक्का प्रहार गरी रिङ्गमा ढालेर उपाधि जित्दै नेपाली झन्डा फहराएका हुन ।