(Japan) 12 th October | 2025 | Sunday | 10:23:10 AM || (Nepal) 7:08:10 AM
 
 

यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो

  POSTED ON : Saturday, 05 July, 2025 | Views : 452

यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो


काठमाडौं, नेपाल ।

नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

सिङ्गापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर मुस्किलले पुरा गरेको हो । नेपालले ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे ।

यस्तै नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साझेदारी गरे । नेपालका जोए थापाले नटआउट २४ रन बनाए । सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिएका थिए ।

यसअघि मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा १ सय १३ रन बनाउँदा अलआउट भएको थियो । सिङ्गापुरका रोहन अस्टिन अरुणले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले ३÷३ विकेट लिए ।

नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता हो ।