(Japan) 12 th October | 2025 | Sunday | 10:28:50 AM || (Nepal) 7:13:50 AM
 
 

लाओसविरुद्ध नेपाल ९ गोलले विजयी, साम्बा एक्लैको ५ गोल

  POSTED ON : Monday, 30 June, 2025 | Views : 394

लाओसविरुद्ध नेपाल ९ गोलले विजयी, साम्बा एक्लैको ५ गोल


काठमाडौं, नेपाल ।

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले लाओसमाथि ९–० गोलको फराकिलो जित निकालेको छ । 


उज्वेकिस्तानको तास्केन्तमा नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । उनको नाममा ५ गोल रहयो । यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए । 


एएफसी एसियन कप छनोट २०२५ को समूह ‘एफ’ मा नेपाल र लाओससँगै उज्वेकिस्तान र श्रीलंका छन् । समूहको शीर्ष एक टोली अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछन् ।