टोकियो, जापान ।
नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा जापानमाथि ९ विकेटको उत्कृष्ठ जित दर्ता गरेको छ ।
जापानलाई मात्र ८० रनमा अलआउट गरेको नेपालले मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई छ विकेटले हराएको थियो ।
मात्र ८१ रनको लक्ष्य पछ्याएको नेपालको जितको लागि जोए थापा मात्र १ रनमा आउट भएपनि नेपाललाई शिवान्स बजगाईले ३८ र पसिद्ध जैसीले ३३ रन बनाउँदा नेपालले जित भेट्टायो । नेपालले केवल १४.२ ओभरमा १ विकेटको क्षतिमा बिजय लक्ष्य पार गरेको हो ।