(Japan) 12 th October | 2025 | Sunday | 10:26:12 AM || (Nepal) 7:11:12 AM
 
 

टोकियोमा ताराखोला कप आयोजना हुँदै, तयारी पुरा

  POSTED ON : Saturday, 14 June, 2025 | Views : 444

टोकियोमा ताराखोला कप आयोजना हुँदै, तयारी पुरा


टोकियो, जापान ।

फ्रेण्डस् सर्कल जापानको आयोजनामा हुन लागेको प्रथम भलिवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

नेपाल बाग्लुगं तारोखाला घर भइ जापानमा बसोबास गर्दै आएका खेलप्रेमी युवाहरुद्धारा गठित ताराखोला फ्रेण्डस् सर्कल ग्रुपको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

कार्यक्रम संयोजक खिम न्यूरेका अनुसार प्रतियोगिताको तयारी पुरा भएको छ । खेल यहि जुन १६ तारिख सोमबार टोकियो स्थित ओता कु, हिगासी कामतामा हुँदैछ ।

प्रथम हुने टिमलाई ३ लाख जापानी येन पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनुका साथै द्धितीय हुनेले २ लाख जापानी येन हात पार्नेछ । यसैगरि उत्कृष्ठ खेलाडी, रक्षक, सेटर, डिफेण्डर, सर्भर सहित कोचका लागि समेत आयोजकले विशेष पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतियोगिताका अलावा खेलका दौरान सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । 

कार्यक्रम स्थलमा गायक विष्णु खत्री, सृष्टि विश्वकर्मा, लिशा दर्लामीमगर लगायत कलाकारहरुले सांस्कृतिक प्रस्तुती सहित नृत्य प्रस्तुती गर्नेछन् । साथमा ताराखोला पञ्चे बाजा समुहले विशेष प्रस्तुती पस्कने कार्यक्रम संयोजक खेम न्यूरेले जानकारी दिनुभयो ।


 प्रतियोगिता विवरण

मिति: २०२५ जुन १६ (सोमबार)

समय: बिहान ९:०० देखि साँझ ६:००

स्थान: 〒1440031, Tokyo-To, Ōta-ku, Higashi Kamata, 1-11-1

प्रवेश: निःशुल्क

सम्पर्क: 080-7059-3366 / 090-2232-1332