(Japan) 12 th October | 2025 | Sunday | 10:23:20 AM || (Nepal) 7:08:20 AM
 
 

बडा दसैं सुरु : जापानमा टीकाको शुभ साइत अक्टोबर १३ तारिख, कुन देशमा कहिले टीका ?

  POSTED ON : Thursday, 03 October, 2024 | Views : 1808

बडा दसैं सुरु : जापानमा टीकाको शुभ साइत अक्टोबर १३ तारिख, कुन देशमा कहिले टीका ?


टोकियो, जापान ।

नेपालीहरुको मुख्य चाडको रुपमा रहेको यस बर्षको बडा दसैं पर्व आजबाट सुरु भएको छ । घटस्थापनाको पहिलो दिन आज घरघरमा नवदुर्गा भवानीको प्रतिस्थापन गरेर विशेष पुजाआजा सहित जमरा राखेर बडा दसैंको शुभारम्भ गरिंदैछ ।

बडा दसैं सुरु भएसँगै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल सहित ३२ देशका लागि बडादसैँको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिले जनाएको छ ।

समितिले दिएको साइत अनुसार नेपालमा बडा दसैंको टीका असोज २६ गते अर्थात् अक्टोबर १२ तारिख शनिवार बिहान ११स्३६ बजे उत्तम शुभ साइत रहेको छ ।

यसैगरी नेपाल बाहिर करिव २ लाख नेपालीको बसोबास रहेको जापानको लागि १३ अक्टोबर अर्थात् नेपालको टीकाको भोलिपल्ट आइतबार बिहान ११ः३५ बजे रहेको छ ।

यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो ।


सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो ।


लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११:५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११:४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११:०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१ बजेको साइत शुभ रहेको छ ।


त्यसैगरी सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९:१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभयो ।वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उहाँले सुनाउनुभयो ।