(Japan) 18 th May | 2026 | Monday | 1:15:36 PM || (Nepal) 10:00:36 AM
 
 


नुवाकोट समाज जापान नागोया क्षेत्रीय समिति गठन, अध्यक्षमा केशव भट्टराई

  POSTED ON : Sunday, 17 May, 2026 | Views : 264

नुवाकोट समाज जापान नागोया क्षेत्रीय समिति गठन, अध्यक्षमा केशव भट्टराई


नागोया, जापान ।

जापानमा रहेका नुवाकोट जिल्लावासी नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा आपसी सहकार्यलाई अझ सशक्त बनाउने उद्देश्यसहित नुवाकोट समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट केशव भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरिएको नुवाकोट समाज जापानकी महासचिव सन्तोषी अधिकारीले जानकारी दिनुभयो ।


नागोयामा आयोजित अधिवेशनमा नागोया क्षेत्र आसापास बस्नुहुने नुवाकोटवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले विदेशमा रहेर पनि जिल्ला, भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै सामाजिक एकताको भावना मजबुत बनाउन नुवाकोट समाज जापानको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।


नवनिर्वाचित कार्यसमितिको नागायो क्षेत्रिय समिति अध्यक्षमा केशव भट्टराई चयन हुँदा उपाध्यक्षमा विकाश पुडासैनी, दिनेश भट्टराई, सुमन थापा तथा पुरुषोत्तम प्याकुरेल चयन हुनुभएको छ ।


सचिवको जिम्मेवारी अर्जुन न्यौपानेले पाउनुभएको छ भने सह–सचिवमा अनुष्का तामाङ र आशा मैनाली चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी बिबश अधिकारीले पाउनुभएको छ ।


त्यसैगरी समितिको सदस्यहरूमा जनक रिजाल, प्रमिश ढकाल, दिपेश पुडासैनी, साजन तिमल्सिना, सहदेव रिमाल, ईश्वर जंग खड्का, गोपी कृष्ण न्यौपाने, राम कार्की, संगम अर्याल तथा बन्दना रिमाल चयन हुनुभएको छ।


अधिवेशनले समाजका अग्रज तथा सक्रिय व्यक्तित्वहरूलाई सल्लाहकारको जिम्मेवारी समेत दिएको छ। सल्लाहकारमा सन्तोष गजुरेल, पवन पाठक, शम्भु श्रेष्ठ तथा रुपक श्रेष्ठ चयन हुनुभएको छ।


कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष केशव भट्टराईले जापानमा रहेका नुवाकोटवासीहरूबीच आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ कार्यसमितिले समाजलाई सक्रिय, पारदर्शी र सबैलाई समेट्ने ढंगले अघि बढाउने बताउनुभयो।


अधिवेशनमा सहभागीहरूले जापानमा रहेका नेपाली समुदायबीच क्षेत्रीय संस्थाहरूले आपतकालीन सहयोग, सांस्कृतिक संरक्षण, नयाँ पुस्तालाई नेपाली भाषा तथा संस्कृतिसँग जोड्ने अभियान र सामाजिक एकताको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखेका थिए।


नुवाकोट समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशनले आगामी दिनमा सामाजिक कार्य, सांस्कृतिक कार्यक्रम तथा समुदाय लक्षित विभिन्न गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिइएको छ ।