(Japan) 11 th February | 2026 | Wednesday | 7:28:58 AM || (Nepal) 4:13:58 AM
 
 


जापानमा रहेका नेपालीका लागि सामाजिक तथा श्रम बीमा सम्बन्धी खुला सेमिनार आयोजना हुने

  POSTED ON : Monday, 09 February, 2026 | Views : 292

जापानमा रहेका नेपालीका लागि सामाजिक तथा श्रम बीमा सम्बन्धी खुला सेमिनार आयोजना हुने


टोकियो, जापान ।

जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सामाजिक बीमा, श्रम बीमा व्यवस्था तथा बसोबास अनुमति (जाइरियु स्टाटस) का पछिल्ला अवस्थाहरू र यससँग सम्बन्धित समस्याबारे जानकारी दिने उद्देश्यले जानकारीमूलक खुला सेमिनार कार्यक्रम–२०२६ आयोजना हुने भएको छ।

सेमिनारमा जापानको सामाजिक बीमा र श्रम बीमा प्रणाली, बसोबास अनुमति सम्बन्धी हालैका नीतिगत परिवर्तनहरू, तथा नेपालीहरूले भोग्दै आएका व्यावहारिक समस्याहरूका बारेमा विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ। साथै, सहभागीहरूले विषयसँग सम्बन्धित जिज्ञासा राख्न सक्ने र निःशुल्क परामर्शसमेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रम २०२६ फेब्रुअरी २८ तारिख, दिनको ११ बजेदेखि ३ बजेसम्म जापानको शिनओकुबो स्थित सोलमारी मुरा हल मा सञ्चालन हुनेछ।

उक्त सेमिनारको आयोजना गुल्मेली समाज जापानले गरेको हो। जापानमा रहेका नेपालीहरूलाई आफ्नो अधिकार, दायित्व र कानुनी प्रक्रियाबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।