टोकियो, जापान ।
जापानमा बसोबास गर्ने पाल्पालीहरूको साझा संस्था पाल्पा समाज जापानको अध्यक्षमा वविन राना चयन भएका छन् । अगस्ट २४ तारिख आईतवार टोकियोको शिनओकुबो स्थित बारकाडे गुड टाईम्समा सम्पन्न समाजको चौथो अधिवेशनले रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समाजका निवर्तमान अध्यक्ष निरन्जन गैरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा समाजका सल्लाहकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सांगठनिक अधिवेशनसँगै कार्यक्रमलाई सांस्कृतिक उत्सवको रूप पनि दिइएको थियो। हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजित विशेष दर खाने कार्यक्रमले जापानमा रहेका पाल्पालीहरूलाई एकै ठाउँमा ल्याएर पर्वको उल्लास साट्ने अवसर प्रदान गरेको थियो । अधिवेशन र तीजको कार्यक्रम दुवै भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
अधिवेशनवाट बरिष्ठ उपाध्यक्षमा सुवास बस्याल र अन्य दुइ उपाध्यक्षहरूमा सुमन न्यौपाने र ज्ञान जंग रायमाझी, महासचिवमा गंगालाल जि आर, सचिवमा बिश्व अर्याल,कोषाध्यक्षमा आकाश अर्याल र सह कोषाध्यक्षमा सागर पोखरेल निर्बिरोध चयन हुनुभएको निर्वाचन समितीका संयोजक भरत ज्ञवालीले जानकारी दिनुभएको छ । त्यसैगरी सदस्यहरुमा बिश्वबन्धु भण्डारी , युवराज अर्याल, बिबेक न्यौपाने, हिमाल अर्याल, नारायण भट्टराई, सागर अर्याल, मधुसुदन अर्याल र अस्मिता न्यौपाने पनि निर्विरोध चयन हुनुभएको हो । अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिले समाजलाई आगामी कार्यकालका लागि दिशानिर्देश गर्नेछ।